सेरेस इभीको संख्या नेपाली सडकमा ५०० नाघ्यो, आगामी वर्ष तीन नयाँ मोडल आउँदै

बिजमाण्डू
२०८२ जेठ १ गते ०८:५१ | May 15, 2025
सेरेस इभीको संख्या नेपाली सडकमा ५०० नाघ्यो, आगामी वर्ष तीन नयाँ मोडल आउँदै


काठमाडौं। प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसको संख्या नेपाली सडकमा ५०० नाघेको छ। नेपालका लागि बिक्रेता कम्पनी एमएडब्ल्यु वृद्धि मोटर्सले यो महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ। इभी प्रयोगकर्ता बढ्दै जाँदा सेरेसलाई ग्राहकले मन पराएको कम्पनीको ठहर छ।

Tata
GBIME

इभी प्रयोगमा बढेको लहरले मुलुकमा दिगो यातायातप्रति सबैको चासोलाई प्रष्ट पारेको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ। सेरेसको बिक्री ५ सय नाघेको अवसरमा एमएडब्ल्यु वृद्धिले बुधबार एक विशेष कार्यरक्रम गरेको थियो। कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीइओ प्रशन्न पन्त लगायतको उपस्थिति थियो।

‘नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नवीनतम इभी सोलुसन्सको प्रमाण हो,’ सिकरियाले भने, ‘नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह देख्दा हामी अत्यन्त उत्साहित छौं।’ सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिस डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाइसँग मेल खाने उनले बताए।

‘यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ,’ उनले भने।

सिलिकन भ्यालीबाट सुरु भएको सेरेस हाल ७० भन्दा बढी देशहरूमा पुगेको छ। यो इभी युरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ इभी ब्रान्ड समेत बनिसकेको छ। सेरेस निर्माता कम्पनीको अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा उत्पादन केन्द्र छन्। अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र छ।

सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीहरूमध्ये एक हो। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेको छ। अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र एम सेभेन, एम एट र एम नाइन गरी तीन नयाँ इभी मोडलहरू सार्वजनिक गर्ने योजना छ।