टाटाको कर्भ इभीमा भारतको केरलादेखि काठमाडौंसम्म ट्राभल भ्लगरले गरे यात्रा

बिजमाण्डू
२०८२ बैशाख ३१ गते २०:१६ | May 14, 2025
टाटाको कर्भ इभीमा भारतको केरलादेखि काठमाडौंसम्म ट्राभल भ्लगरले गरे यात्रा


काठमाडौं। टाटाको कर्भ इभीमा भारतका ट्राभल भ्लगरले ४ हजार किलोमिटरभन्दा बढी दूरीको यात्रा गरेका छन्।

Tata
GBIME

ट्राभल भ्लगर यजिनसहितका तीन जनाले भारतको केरलाबाट काठमाडौंसम्म कर्भ इभीमा यात्रा गरेका हुन्।

ती यात्रीलाई टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रतिनिधिले थापाथलीस्थित शोरुममा स्वागत गरेका छन्।

कर्भ इभीको क्षमता र विश्वसनियता प्रदर्शनका लागि भ्लगरलाई भारतदेखि नेपालसम्म यात्रा गराइएको कम्पनीले जनाएको छ। यात्रामा सहभागीले चार्जिङ नेटवर्क र कर्भ इभीको ग्राउण्ड क्लियरेन्सका कारण यात्रा निक्कै सहज भएको बताए।