
काठमाडौं। नेपाली बजारमा सुनको भाउ प्रति तोला १४०० रुपैयाँ सस्तिएको छ।
बिहिबार प्रति तोला १ लाख ९२ हजार २०० रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ९० हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३ हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
चाँदीको भाउ भने प्रति तोला ५ रुपैयाँ बढेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रति तोला १९६० रुपैयाँ कायम भएको छ।