BIZMANDU
www.bizmandu.com

राप्ती हाइड्रोले पायो हकप्रद सेयर निष्कासन स्वीकृति, ६१ लाख कित्ता जारी गर्ने

२०८२ बैशाख २५

राप्ती हाइड्रोले पायो हकप्रद सेयर निष्कासन स्वीकृति, ६१ लाख कित्ता जारी गर्ने
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share

काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासन स्वीकृति पाएको छ। कम्पनीलाई १:१ अनुपातमा स्वीकृति दिइएको नेपाल धितोपत्र बोर्डले बिहीबार जनाएको हो।

Tata
GBIME

बोर्डका अनुसार प्रति कित्ता १०० रुपैयाँ दरले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नका लागि स्वीकृति दिइएको छ।

कम्पनीले सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।