कायममुकायम गभर्नर तिम्सिनाले अर्थमन्त्री पौडेललाई बुझाइन् पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

बिजमाण्डू
२०८२ बैशाख २४ गते १६:०६ | May 7, 2025
कायममुकायम गभर्नर तिम्सिनाले अर्थमन्त्री पौडेललाई बुझाइन् पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।

Tata
GBIME

कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले बुधबार अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन बुझाएकी हुन्।

कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी दिइन्।

अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।