ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ग्लोबल पेमेन्ट गेटवे, सबै बैंकका कार्डमार्फत भुक्तानी पाइने

बिजमाण्डू
२०८२ बैशाख २३ गते १८:०४ | May 6, 2025
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ग्लोबल पेमेन्ट गेटवे, सबै बैंकका कार्डमार्फत भुक्तानी पाइने

काठमाडौं। ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ।

Tata
GBIME

ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएसँगै बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएका भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

देशमा ई-कमर्स कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहजरुपमा भुक्तानी लिन सक्नेछन्। यो गेटवेको सुरुवातले ई-कमर्स कारोबार गर्ने ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायत व्यवसायहरु लाभान्वित हुने बैंकले जनाएको छ।

बैंकका अनुसार यो पेमेन्ट गेटवेमा थ्रिडी सेक्योर्ड प्रविधि प्रयोग हुने भएकाले कारोबार सुरक्षित हुनेछ।