फोनपे बन्यो आइसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था, सरकारले गर्‍यो सम्मान

बिजमाण्डू
२०८२ बैशाख २१ गते १७:४५ | May 4, 2025
फोनपे बन्यो आइसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था, सरकारले गर्‍यो सम्मान


काठमाडौं। फोनपे सूचना तथा सञ्चार प्रविधि (आइसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था बनेको छ। नेपाल सरकारले फोनपेलाई सम्मान समेत गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ८औं राष्ट्रिय आइसीटी दिवसका अवसरमा सरकारले फोनपेलाई सम्मान गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारलाई सम्मान पत्र प्रदान गरेका थियो। यस सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्धनमा गरेको योगदानको उच्च मूल्याङ्कन भएको कम्पनीले जनाएको छ।

फोनपेले नेपालको आइसीटी इकोसिस्टमको विकास र वृद्धिमा खेलेको महत्त्वपूर्ण भूमिकालाई यस सम्मानले थप प्रस्ट्याउने बताएको छ। कम्पनीका अनुसार डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा फोनपेले सधैं नगदरहित अर्थतन्त्रको प्रवर्धन, वित्तीय समावेशीकरण र व्यवसाय तथा उपभोक्तालाई सशक्त बनाउने समाधानहरू विकास गर्न प्रतिबद्ध रहँदै आएको छ।

‘नेपाल सरकारबाट प्राप्त यस सम्मान हाम्रो लागि अत्यन्त गौरवको विषय हो,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत कुमारले भने, ‘यस सम्मानले नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। साथै आइसीटी क्षेत्रको अग्रणी संस्थाका रूपमा हाम्रो दायित्वप्रति हामी अझ सजग रहन्छौं।’