नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माणमा १ करोड ८४ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा

बिजमाण्डू
२०८२ बैशाख २१ गते १५:५३ | May 4, 2025
नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माणमा १ करोड ८४ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा


काठमाडौं। सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा वीरगंजको नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरसहित ९ जनासँगै निर्माण कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Tata
GBIME
NLIC

नियोजित रूपमा लक्षित बोलपत्रलाई ठेक्का दिएर नेपाल सरकारलाई १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको हानिनोक्सानी पुर्‍याएको अनुसन्धानबाट पुष्टि भएको भन्दै आयोगले आइतबार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा अस्पतालको आकस्मिक कक्षको भवन निर्माण ठेक्कामा कुल लागतको ३.५ प्रतिशत इन्टरलक ब्लक बिछ्याउने काम थियो। उक्त ठेक्कामा मिलेमत्तो गरि प्रतिष्पर्धालाई सीमित हुनेगरि बोलपत्रमा योग्यता तोकेर भ्रष्टाचार गरेको उजुरी परेको थियो।

अनुसन्धानबाट कसुर पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। मुद्दामा आयोगले तत्कालिन मेसु ठाकुर, सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर महमद सकुर अन्सारी, अस्पतालका तत्कालिन सुब्बा सुशीलप्रसाद यादव, लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान, सदस्यसचिव माधवी चौधरीलाई विपक्षी बनाइएको छ।

यस्तै आयोगले निर्माण कम्पनी मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक जगत बूढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी-मिसन जेभीलाई पनि विपक्षी बनाएको छ।