९ महिनामा सहकारीका बचतकर्ताको १० अर्ब ८२ करोड रुपैयाँ ठगी, ६० जना पक्राउ

बिजमाण्डू
२०८२ बैशाख १८ गते १२:३७ | May 1, 2025
९ महिनामा सहकारीका बचतकर्ताको १० अर्ब ८२ करोड रुपैयाँ ठगी, ६० जना पक्राउ
फाइल तस्बिर।

काठमाडौं। सहकारी ठगी बढ्दा बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको छ। चालु आर्थिक वर्षमा ठगी भएको रकम बढ्दो क्रममा छ।

Tata
GBIME

चालु आर्थिक वर्षको साउन महिनादेखि चैतसम्म १० अर्ब ८२ करोड ८६ लाख ६५ हजार ६७१ रुपैयाँ ठगी भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले देशभर सहकारी ठगीमा ६५ वटा मुद्दा दायर गरिसकेको छ। जसमा ६० जना व्यक्ति पक्राउ परेका छन्।

गत आर्थिक वर्षमा सहकारी ठगीका ११० वटा मुद्दामा १ हजार १६४ जना प्रतिवादी बनाइएकामा प्रहरीले २९४ जनालाई मात्र पक्राउ गरेको थियो। सहकारीको ११ अर्ब ६८ करोड ६५ लाख ८० हजार ७९६ रुपैयाँ ठगी भएको भन्दै मुद्दा दायर गरिएको थियो।

आर्थिक वर्ष २०७९/८० मा ९३ वटा सहकारीको ११ अर्ब ५३ करोड २८ लाख २९२ रुपैयाँ ठगिएको भन्दै ७६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा ५५३ जना फरार सूचीमा छन्।