स्रोत नखुलेको ३२ लाख ३५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

बिजमाण्डू
२०८२ बैशाख १४ गते १७:५३ | Apr 27, 2025
स्रोत नखुलेको ३२ लाख ३५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सर्लाही। सर्लाहीको मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

Tata
GBIME

पक्राउ पर्नेमा भारतको सीतामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साह रहेका छन्।

साह आइतबार बिहान ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र २ हजार १ सय ४० भारतीय रूपैयाँसहित पक्राउ परेका हुन्। प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ सीटी २४२२ नम्बरको मोटरसाइकलमा सवार उनको साथमा उक्त रकम फेला परेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।