
काठमाडौं। साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा आएको छ।
कारोबारमा आएका बैंकिङ, फाइनान्स, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहले बजार घटाएका हुन्।
व्यापार समूहको सूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ भने फाइनान्सको सूचक १.०३ प्रतिशत घटेको छ। १३३ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा लगानीकर्ताले गुमाएका छन्। गुडविल फाइनान्स डिबेन्चर-२०८३ का लगानीकर्ताले सर्वाधिक ७.७५ प्रतिशतले गुमाएका छन्।
११२ कम्पनीको सेयरमूल्य बढेको छ। दोस्रो बजारमा कारोबारमा आएदेखि नै बढेका नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयरमूल्य आज पनि अगाडि रह्यो। दुवै कम्पनीको सेयरमूल्य पोजेटिभ सर्किटस्तरमा ९.९९ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक ९.८८, युनिभर्सल पावर ९.८० र नेपाल हाइड्रो डेभलपर्सको सेयर ९.०७ प्रतिशतले बढेको छ।
८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको ५३ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै, युनिभर्सल पावर ५२ करोड ४७ लाख र एचआईडीसीएलको ४३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।