चीनको अन्तरिक्ष मिसन : प्रक्षेपित शेइयान-२७ उपग्रह निर्धारित कक्षमा पुग्न सफल

बिजमाण्डू
२०८२ बैशाख ६ गते १२:३१ | Apr 19, 2025
चीनको अन्तरिक्ष मिसन : प्रक्षेपित शेइयान-२७ उपग्रह निर्धारित कक्षमा पुग्न सफल


शान सी (चीन)। चीनले उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ६ वटा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू शनिबार बिहान ६:५१ बजे प्रक्षेपण गरिएका हुन्।

Tata
GBIME
NLIC

ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन्। शेइयान–२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन्। यी उपग्रहहरूद्वारा पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनहरूको निगरानी, डाटा संकलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिहरूको परीक्षणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ।

यस्ता परीक्षण उपग्रहहरूले चीनको स्वदेशी प्रविधि विकास र अन्तरिक्ष अनुसन्धान क्षमतामा थप प्रगति ल्याउने अपेक्षा गरिएको छ। चिनियाँ अधिकारीहरूका अनुसार, यी उपग्रहहरू मुख्यतया अन्तरिक्ष वातावरणको अध्ययन तथा सम्बन्धित प्रविधिहरूको परीक्षणका लागि प्रयोग गरिनेछन्। यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो।

प्रक्षेपणमा प्रयोग भएको लङ मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट शृंखला ‘लङ मार्च’ अन्तर्गत पर्छ। शनिबारको प्रक्षेपण यो शृंखलाको ५७०औं उडान हो। यसले चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगति र क्षमताको पुष्टि गरेको छ।

-सिन्ह्वा/रासस