करिब ३ सय ६५ किलोग्राम गाँजासहित चार जना बारा प्रहरीको नियन्त्रणमा

बिजमाण्डू
२०८२ बैशाख ५ गते १२:४१ | Apr 18, 2025
करिब ३ सय ६५ किलोग्राम गाँजासहित चार जना बारा प्रहरीको नियन्त्रणमा


बारा। प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-३ बजनीबाट करिब ३ सय ५ किलोग्राम अवैध लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जीवन ठोकर रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले बिहीबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकमा १९ वटा पोकामा गाँजा फेला परेको थियो।

प्रहरीले ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जीवनलाई ना ३३ प ७४६९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।

यसैगरी बाराको पचरौता नगरपालिका-१ मुसहरी टोलबाट करिब ६० किलोग्राम गाँजासहित भारतको बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमार पनि पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई गए राति उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो।

प्रहरीले यसबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।