एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्नेले बोनस डेटा पाउने, कार्डबाट रिचार्ज गर्दा भने नपाइने

बिजमाण्डू
२०८२ बैशाख ५ गते १२:३५ | Apr 18, 2025
एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्नेले बोनस डेटा पाउने, कार्डबाट रिचार्ज गर्दा भने नपाइने

काठमाडौं। एनसेल प्रयोगकर्ताले अब प्रत्येक १०० रुपैयाँ र सोभन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन्।

Tata
GBIME

एनसेल एपमार्फत १०० देखि २०० रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा प्रयोगकर्ताले १ दिनको लागि २०० एमबी बोनस डेटा पाउँछन्। यस्तै, २०० रुपैयाँ वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइने एनसेलले जनाएको छ। स्क्र्याच गरेर प्रयोग गर्नुपर्ने रिचार्ज कार्डबाट भने बोनस डेटा पाइँदैन।

बोनस अफरले प्रयोगकर्तालाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिने कम्पनीले जनाएको छ।

एनसेल एपबाट प्रयोगकर्ताले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याक, सधैं अन रिन्यूअल प्याक लिन सक्छन्। एपमा अनलाइन तथा अफलाइन गेम, अनलाइन समाचारको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू पाइन्छ। एपमार्फत विदेश गएका एनसेल प्रयोगकर्ताले सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्ने कम्पनीले जनाएको छ।