नेपालमा १ टिबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा लन्च, मूल्य २ लाख ३५ हजार

बिजमाण्डू
२०८२ बैशाख ४ गते ११:३६ | Apr 17, 2025
नेपालमा १ टिबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा लन्च, मूल्य २ लाख ३५ हजार


काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२५ अल्ट्राको १टिबी भर्सन नेपालमा लन्च गरेको छ। नयाँ वर्षको अवसर पारेर सामसङको लेटेस्ट फ्ल्यागसिप भेरियन्ट लन्च गरेको हो।

Tata
GBIME
NLIC

यो स्मार्टफोनको स्टोरेज क्षमता १ टिबीसम्म एक्सपान्डेड रहेको कम्पनीले जनाएको छ। यो फोन एआई फिचरहरुसँगै सहज मल्टिटास्किङ क्षमताले भरिपूर्ण रहेको छ।

धेरै क्षमता हुँदा प्रयोगकर्ताहरुले स्टोरेज सकिने डर लिनुनपर्ने र आफूले चाहेको जति तस्विर र भिडियोसँगै एपहरु राख्न सकिने जनाइएको छ।

यो फ्ल्यागसिप सिरिजमा रियल टाइम अपडेट दिने नाउ बार एन्ड नाउ ब्रिफ फिचर छ। यस्तै, सर्कल टु सर्च, र्‍याइटिङ एसिस्ट, ड्रविङ एसिस्टसँगै कल ट्रान्सक्रिप्ट एन्ड समरीको सेवा उपलब्ध छ।

१२ जिबी र्‍याम र १ टिबी स्टोरेज क्षमताको ग्यालेक्सी एस२५ अल्ट्रा दुईवटा रंगमा उपलब्ध छन्। टाइटेनियम सिल्भरब्लू र टाइटेनियम ग्रे रंगमा फोन उपलब्ध हुनेछ।

१ टिबी स्टोरेज क्षमताको ग्यालेक्सी एस२५ अल्ट्राको मूल्य २ लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यो फ्ल्यागसिप फोज इन्स्टा फाइनान्सद्वारा ० प्रतिशत ब्याजमा मासिक ११ हजार ७५० रुपैयाँ इएमआईमा प्राप्त गर्न समेत सकिनेछ।

साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ। पुरानो फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ।