
काठमाडौं। अन्तर्राष्ट्रिय स्तरमा आफ्नै व्यवस्थापन विस्तारमा आक्रमक सोल्टी होटलले मेरियटको प्रिमियम ब्राण्ड अटोग्राफ कलेक्सनसँग सहकार्य गर्ने भएको छ।
होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले काठमाडौंको सोल्टी होटलमा विदेशी पर्यटक आकर्षित गर्न अटोग्राफसँग सहकार्य गर्न लागेको जानकारी दिए।
‘मेरियोट बोनभोय विश्व चर्चित ब्राण्ड हो। हामीले लोयल्टी प्रोग्राम अन्तर्गत बोनभोयसँग सहकार्य गर्न लागेका हौं,’उपाध्यक्ष चापागाईंले बिजमाण्डूसँग भने,’ यो सहकार्यमार्फत अन्तर्राष्ट्रिय गन्तब्यमा भ्रमण गर्दै आएका पर्यटकले पाउने पोइन्ट काठमाडौंको सोल्टी होटलमा जोड्न पाउनेछन्।’
उनका अनुसार अटोग्राफमार्फत विदेशमा प्रचारप्रसार गर्न सहज हुनेछ। अटोग्राफसँग सहकार्य मात्रै भएकाले होटलको नाममा कुनै परिवर्तन नहुने चापागाईंले जानकारी दिए।
उनले भने,’व्यवस्थापन हाम्रै हुनेछ। अटोग्राफमार्फत हाम्रो होटलको मात्र नभइ नेपालकै भिजिब्लिटी बढाउने उदेश्य राखिएको हो।’