सिद्धार्थ हस्पिटालिटी चेन विस्तारमा, सेन्ट्रल पाम अब ‘सिद्धार्थ होटल चितवन’को नाममा सञ्चालन

बिजमाण्डू
२०८२ बैशाख १ गते १३:५४ | Apr 14, 2025
सिद्धार्थ हस्पिटालिटी चेन विस्तारमा, सेन्ट्रल पाम अब ‘सिद्धार्थ होटल चितवन’को नाममा सञ्चालन


काठमाडौं। सिद्धार्थ हस्पिटालिटी ग्रुपले चितवनको नारायणगढस्थित होटल सेन्ट्रल पामको व्यवस्थापन सम्हालेको छ।

Tata
GBIME
NLIC

सिद्धार्थ हस्पिटालिटीले नारायणी नदी किनारमा रहेको सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याएको छ।  

सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले नारायणगढमा प्रिमियम सेवा दिने उद्देश्यले सेन्ट्रल पामको व्यवस्थापन जिम्मा लिएको बताए।

‘सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटलको व्यवस्थापनको जिम्मेवारी लिएको हो,’ उनले भने, ‘प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य हो।’

करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन्। साथै माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ।

होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल छ। कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको पनि योजना बनाएको छ ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति गरिने बताए ।

‘होटलमा कोठा थपेर ६० वटा पुर्‍याउने योजना छ। साथै तीनवटा सम्मेलन हलका साथै स्वीमिङ पुल पनि स्तरोन्नति गरिनेछ,’ सीइओ न्यौपानेले भने, ‘होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड  बारको पनि सविधा थप हुनेछ।’

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँच तारेस्तरमा सिद्धार्थ भिलासा, चार तारेस्तरमा सिद्धार्थ वैभव, तीन तारेस्तरमा विभिन्न स्थानमा सिद्धार्थ होटल, विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे सञ्चालनमा छन्।