सान्भी इनर्जीको आइपीओ वैशाख ५ देखि, सुरुमा वैदेशिक रोजगार र आयोजना प्रभावितलाई

बिजमाण्डू
२०८१ चैत्र २७ गते ११:३८ | Apr 9, 2025
सान्भी इनर्जीको आइपीओ वैशाख ५ देखि, सुरुमा वैदेशिक रोजगार र आयोजना प्रभावितलाई


काठमाडौं। सान्भी इनर्जीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुका लागि वैशाख ५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो।

Tata
GBIME
NLIC

आयोजना प्रभावितका लागि ८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुलाई २ करोड ९१ लाख रुपैयाँको २ लाख ९१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।

लगानीकर्ताले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा वैशाख १९ गतेसम्म कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।

पहिलो चरणको निष्कासनमा इलामको इलाम नगरपालिका, माई जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले १० देखि २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पुँजीको ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको छ।

सान्भीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ३७ करोड ९० लाख रुपैयाँको ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ। कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड छ।