सेयर बजार परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा, कारोबार रकम पनि घट्यो

बिजमाण्डू
२०८१ चैत्र २६ गते १५:३८ | Apr 8, 2025
सेयर बजार परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा, कारोबार रकम पनि घट्यो


काठमाडौं। कारोबार खुलेदेखि ओरालो लागेको सेयर बजार अन्तिममा सामान्य अंकले बढे पनि बन्द हुने बेला घटेको छ। मंगलबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा रह्यो।

Tata
GBIME
NLIC

१२३ कम्पनीको सेयर मूल्य घटेको छ। बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.८५ प्रतिशतले गुमाएका छन्।

१२१ कम्पनीको सेयरमूल्य बढेको छ। तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट नै लागेको छ। बोटलर्स नेपाल बालाजु, वीन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमा पोजेटिभ सर्किट लागेको हो।

मंगलबारदेखि नै कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमा लगानीकर्ता निकै आकर्षित देखिएका छन्। ३०२ रुपैयाँ ३० पैसाबाट खरिदबिक्री सुरु भएको सेयरमूल्य बजार बन्द हुँदासम्म ३३२ रुपैयाँ ५० पैसा पुगेको छ। खरिदकर्ताको चापमा तुलनामा बेच्न इच्छुक भने न्यून रहँदा उक्त कम्पनीको सेयर २१० कित्ता मात्रै किनबेच भएको छ।

५ अर्ब ३० करोड ९५ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५९ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, हिमालयन रि-इन्स्योरेन्स ४० करोड ६५ लाख र नेपाल रि-इन्स्योरेन्स २३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि साताको दोस्रो दिन सोमबार बजार परिसूचक ३३.३३ अंकको गिरावटसँगै घटेर २६७०.०६ विन्दुमा रहँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।