
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ट्रेड टावरलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ।
सेबोनले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ निष्कासन गर्न कम्पनीलाई सोमबार स्वीकृति दिएको हो।
ट्रेड टावरले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्नेछ। कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै २०७९ असारमा सेबोनमा आवेदन दिएको थियो।