टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने, साधारण सभाको तोक्यो मिति

बिजमाण्डू
२०८१ चैत्र २५ गते १०:४७ | Apr 7, 2025
टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने, साधारण सभाको तोक्यो मिति

काठमाडौं। टाइम फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासनको प्रस्तावसहित आगामी वैशाख ११ गते विशेष साधारण सभा बोलाएको छ।

Tata
GBIME

फर्मास्युटिकल्सले उद्योग परिसर गैंडाकोटमा साधारण सभा गर्न लागेको हो। साधारण सभाबाट विशेषसहित ७ वटा प्रस्ताव पारित गर्दैछ।

कम्पनीले आफ्नो जारी पुँजी ४२ करोड ९१ लाख रुपैयाँबाट वृद्धि गरेर ४६ करोड कायम गर्न लागेको छ। फर्मास्युटिकल्सले साधारणसभाबाट सञ्चालक समिति पनि चयन गर्ने प्रस्ताव राखेको छ।

यस्तै, आइपीओ निष्कासनको सबै प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने कम्पनीले जनाएको छ।