नेपाल टेलिकमका ७ जना उपप्रबन्धक बढुवाका लागि सिफारिस, को-को बन्दैछन् प्रबन्धक?

बिजमाण्डू
२०८१ चैत्र २२ गते १०:२७ | Apr 4, 2025
नेपाल टेलिकमका ७ जना उपप्रबन्धक बढुवाका लागि सिफारिस, को-को बन्दैछन् प्रबन्धक?


काठमाडौं । नेपाल टेलिकमको प्रबन्धक पदमा ७ जना कर्मचारी बढुवाका लागि सिफारिसमा परेका छन्।

Tata
GBIME
NLIC

१०औं तहअन्तर्गत प्राविधिक/टेलिकम सेवा समूहको निर्देशक/प्रबन्धक पदका लागि ५ जना बढुवा सिफारिस भएका हुन्।

अहिले उपप्रबन्धक पदमा कार्यरत राम नारायण महतो, निरोल प्रसाद कोजु, गोबिन्द सिंह धामी, निरज बज्राचार्य र सञ्जिव कुमार देवलाई पदपूर्ति समितिले बढुवा सिफारिस गरेको छ।

उनीहरु सबैजनाले समान ९६.६७८ अंक पाएर बढुवाका लागि सिफारिस भएका छन्।

यस्तै, प्रबन्धक (लेखा) पदका लागि हाल उपप्रबन्धक (लेखा) पदमा कार्यरत हरि शरण महर्जन र कृष्ण कुमार लामिछानेले पनि समान ८७.५२ अंक पाएर बढुवा सिफारिस भएका छन्।

टेलिकमले प्रबन्धक (लेखा) पदका लागि तीनजना मागेकामा दुईजना मात्रै बढुवाका लागि सिफारिस भएका छन्।