चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्य, समझदारीपत्रमा हस्ताक्षर

बिजमाण्डू
२०८१ चैत्र २० गते १५:०९ | Apr 2, 2025
चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्य, समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ।

Tata
GBIME
NLIC

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेईतोङत्रान शिनावात्राको उपस्थितीमा बैंककमा भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

दई मुलुकबीच पर्यटन प्रवर्धन, नागरिक उड्डयन एवं नेपालको विभिन्न क्षेत्रमा सास्कृतिक प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

नेपाल र थाइल्याण्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रर्वर्धन गर्दै संयुक्त रुपमा बजार प्रर्वद्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी प्रर्वद्धन एवं क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरि समझदारी भएको हो।

यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत सहमति भएको चेम्बरले जनाएको छ।

नेपालको पोखरा र भौरहवा अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधी बढाउन सो सम्झौता महत्वपूर्ण भएको अध्यक्ष अग्रवालले बताएका छन्।