
काठमाडौं। लिपमोटर गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले लिपमोटर टी०३ बुधबारदेखि डेलिभरी गर्ने भएको छ।
कम्पनीले गाडी ठूलो संख्यामा बुकिङ भएको भन्दै बुधबारदेखि डेलिभरी गर्ने बताएको हो। २८.९९ लाखदेखि सुरू हुने लिपमोटर टी०३ मा ३७.३ किलोवाटको ब्याट्री छ। जसले ३९५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
‘हामी हाम्रा ग्राहकलाई लिपमोटर टी०३ प्रदान गर्न उत्साहित छौं। यो इभी कम्प्याक्ट तर फिचरले भरिएको छ,’ साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने।