
काठमाडौं। गण्डकी प्रदेशमा आयोजना गरिएको वाडा अटो शोमा १ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। बिहीबारदेखि आइतबारसम्म आयोजना गरिएको शोमा १ अर्ब २० करोडको कारोबार भएको आयोजकले जनाएको छ।
शो पश्चिमान्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहयोगमा गरेको हो। जसमा चारपाङ्ग्रे र दुई पाङ्ग्रे गरी २९० युनिट बुकिङ तथा केही युनिट डेलिभरी समेत भएको छ।
जसमा हुन्डाई १०, डिपल १३, स्काईवेल ५, ओमोडा एण्ड जेको ११, निसान र जिकर ११ युनिट, लिपमोटर ७, बीवाइडी २०, महिन्द्रा ५, सुजुकी ४, एलएस ४, टोयोटा ४, नामी १०, किया ६, इसुजु २, कायी ५, टाटा १२, रिडारा २, आयोन २ र एमजी २६ युनिट बुकिङ भएका छन्।

यस्तै दुई पाङ्ग्रेमा ट्राइम्फ ५०, सुजुकी २, रोयल इनफिल्ड ३०, टीभीएस १२, एथर ५, यामाहा २२ र बजाज १५ युनिट बुकिङ भएका आयोजकले जनाएको छ। शोमा ४ दिनमा २० हजारले भिजिट गरेका छन्।
शोमा चार पाङ्ग्रेमा बिवाइडी र दुई पाङ्ग्रेमा ट्राइम्फले बेस्ट स्टल अवार्ड जितेका छन्। अटो शोमा उनीहरुको स्टल बेस्ट रहेको जुरीले निर्णय गरेका हुन्।
