
काठमाडौं। सेयर बजार लगातार तेस्रो दिन उकालो लागेको छ। नेप्से परिसूचक आइतबार ३२.२४ अंकले बढेर २६९३.१२ विन्दुमा पुगेको छ।
कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्। इन्भेष्टमेन्टको सूचक सर्वाधिक २.०७ प्रतिशतले बढेको छ। फाइनान्सको सूचक २.०६ र अन्य उपसमूहको सूचक २.०४ प्रतिशतले बढेको छ।
बजारमा २२२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ। २२ कम्पनीको भाउ घटेको छ।
७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, नेपाल रि-इन्स्योरेन्सको ४७ करोड ८४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।