रोयल इनफिल्डले उत्पादन गर्‍यो नयाँ बाइक, क्लासिक ६५० मोडल भारतीय बजारमा सार्वजनिक

बिजमाण्डू
२०८१ चैत्र १७ गते १२:२६ | Mar 30, 2025
रोयल इनफिल्डले उत्पादन गर्‍यो नयाँ बाइक, क्लासिक ६५० मोडल भारतीय बजारमा सार्वजनिक

काठमाडौं। रोयल इनफिल्डले आफ्नो नयाँ क्लासिक ६५० ट्वीन मोडल भारतीय बजारमा सार्वजनिक गरेको छ। कम्पनीले बाइकको मूल्य भारु ३ लाख ३७ हजारदेखि ३ लाख ५० हजार तोकेको छ।

Tata
GBIME

यसमा ६४८ सीसी क्षमताको इन्जिन छ। जसले ४७ हर्सपावर र ५२.३ एनएम टर्क उत्पादन गर्छ। बाइकको वजन २४३ किलोग्राम छ। यो रोयल इनफिल्डको अहिलेसम्मको सबैभन्दा ठूलो बाइक हो।

यो बाइक सटगन मोडल जस्तै देखिए पनि विल्कुलै फरक बनाइएको छ। यसलाई ट्रेडिसनल रेट्रो डिजाइनमा तयार पारिएको छ। यसमा १९/१८ इन्चको ट्युब वायर स्पोक ह्वील्स राखिएको छ।

यस्तै १४.७ लिटर क्षमताको फ्युल ट्यांक छ। यस्तै डिजि एनालग डिस्प्ले, ट्रिपर नेभिगेसन पोड र युएसबी चार्जर पनि राखिएको छ।

यसको बुकिङ सुरु भइसकेको र अप्रिलबाट डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ।