सुनको मूल्य लगातार उच्च, तोलाको १ लाख ७६ हजार ८०० पुग्यो, चाँदीमा गिरावट

बिजमाण्डू
२०८१ चैत्र १७ गते ११:४४ | Mar 30, 2025
सुनको मूल्य लगातार उच्च, तोलाको १ लाख ७६ हजार ८०० पुग्यो, चाँदीमा गिरावट

काठमाडौं। लगातार बढेको सुनको मूल्य अझ उच्च भएको छ। साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँ बढेको छ। आइतबार कारोबार मूल्य प्रति तोला १ लाख ७६ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

यसअघि गत शुक्रबार सुन अघिल्लो दिनका तुलनामा तोलामा १ हजार ४ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने १५ रुपैयाँ घटेर आइतबार तोलाको २ हजार २५ रुपैयाँ भएको छ। शुक्रबार २० रुपैयाँ बढेर प्रति तोला २ हजार ४० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३०८५.५७ डलर भएको छ। चाँदी प्रति औंस ३४.१३ डलरले कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रति औंस ३०७४.६६ डलर र चाँदी ३४.६५ डलर थियो।