
काठमाडौं। पोखरामा बिहीबार सुरु भएको वाडा अटो शोमा गाडी बिक्रेता कम्पनीले ग्राहकलाई आकार्षित गर्न विभिन्न अफर ल्याएका छन्।
गाडी किब्रेताले ब्याट्रीमा १० वर्षसम्म वारेन्टीदेखि ग्राहकले ५ लाख रुपैयाँसम्म फाइदा पाउने अफर ल्याएका हुन्।
बीवाइडीले अटो शोमा गाडी खरिद गर्ने ग्राहकहरुका लागि ब्याट्रीमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिएको छ।
साथै २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। ग्राहकलाई एक वर्षको बीमा र सडक कर नि:शुल्क हुनेछ। चार्जरको पनि पैसा लाग्दैन। कम्पनीले नगद छुट पनि दिएको छ।
कम्पनीले एटो थ्री, एम ६ र डल्फिन गाडी प्रदर्शनीमा राखेको छ।
अटो शोमा टाटाले नयाँ गाडी कर्भ इभी सार्वजनिक गरेको छ। कर्भ इभीका साथै नेक्सन के थ्री र टियागो इभी प्रदर्शनीमा राखेको कम्पनीले ग्राहकका लागि विभिन्न अफर राखेको छ।

यस्तै डिपलले पनि २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्न सक्ने अफर राखेको छ। ग्राहकले दुई लाखसम्म फाइदा पाउने गरी अफर ल्याएको यसको आधिकारिक बिक्रेताकम्पनी एमएडब्लूले जनाएको छ। गाडी खरिद गर्न चाहनेले ८.९९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्।

कम्पनीले डिपल एस०५ र ई०५ गाडी प्रर्दशनीमा राखेको छ। यस्तै नामीमा पनि २० प्रतिशत डाउनपेमेन्टको अफर राखिएको छ।

लिपमोटरले २० प्रतिशत डाउनपेमेन्टको सुविधाका साथै चार्जर र एक वर्षको सडक कर पनि नि:शुल्क हुने अफर ल्याएको छ।
ओमोडा एण्ड जेकोले ५ लाखभन्दा धेरै फाइदा हुने गरी अफर ल्याएको छ। नगद छुटसहित एक वर्षको बीमा, सडक कर र चार्जर नि:शुल्क हुने अफर ल्याएको कम्पनीले जनाएको छ।
अटो शोमा ग्राहकले पुराना गाडी एक्सचेन्ज पनि गर्न सक्नेछन्। कम्पनीले ओमोडा, जेको, जिकर र निसानको म्यागनाइट गाडी प्रदर्शनीमा राखेको छ।
हुन्डाइले मेड इन नेपाल क्रेटा र इभी क्रेटा अटो शोमा सार्वजनिक गरेको छ।