सेयर बजार ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा, कारोबार रकम पनि बढ्यो

बिजमाण्डू
२०८१ चैत्र १४ गते १५:२५ | Mar 27, 2025
सेयर बजार ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा, कारोबार रकम पनि बढ्यो


काठमाडौं। सेयर बजार हरियाली भएको छ। नेप्से बिहीबार ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको छ। कारोबारमा आएका सबै उपसमूह बढ्दा कारोबार रकममा पनि अघिल्लो दिनका तुलनामा वृद्धि छ।

Tata
GBIME
NLIC

व्यापार समूहको सूचक सर्वाधिक ६.०९ प्रतिशतले बढेको छ। लघुवित्त २.२२, लगानी २.२० प्रतिशतले उकालो लागेको छ। २२७ कम्पनीको सेयरमूल्य बढेको छ। गुराँस लघुवित्त र सिर्जनशील लघुवित्तको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।

१६ कम्पनीको सेयरमूल्य घट्दा भने लगानीकर्ताले गुमाएका छन्। बजार उकालो लागेसँगै कारोबार रकम पनि बढेको छ। ५ अर्ब २२ करोड २३ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको ५१ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, नेपाल रिइन्स्योरेन्स २७ करोड ७ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट २५ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।