सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा १ हजार ३ सय बढ्दा चाँदीमा ३० रुपैयाँ वृद्धि

बिजमाण्डू
२०८१ चैत्र १४ गते ११:२३ | Mar 27, 2025
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा १ हजार ३ सय बढ्दा चाँदीमा ३० रुपैयाँ वृद्धि

काठमाडौं। सुनको मूल्य पुनः लगातार बढ्न थालेको छ। बिहीबार प्रति तोला कारोबार मूल्य १ लाख ७४ हजार ८ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको भन्दा तोलामा १ हजार ३ सय रुपैयाँ बढेको हो। यसअघि मंगलबारभन्दा २ सय बढ्दा बुधबार प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँ भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी छ। ३० रुपैयाँ बढेर बिहीबार चाँदी प्रति तोला २ हजार २० रुपैयाँ पुगेको छ। मंगलबारभन्दा १० रुपैयाँ बढ्दा बुधबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ९० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लाग्न थालेको छ। बुधबार प्रतिऔंस ३०१५.२ डलरले कारोबार भएको सुन बिहीबार ३०३२.४९ डलर पुगेको छ। चाँदी प्रतिऔंस ३३.६७ डलर भएको छ। बुधबार ३३.६३ डलरले कारोबार भएको थियो।