सुन‍को मूल्यमा फेरि बढोत्तरी, तोलाको १ लाख ७३ हजार ५ सय, चाँदी पनि बढ्यो

बिजमाण्डू
२०८१ चैत्र १३ गते ११:२६ | Mar 26, 2025
सुन‍को मूल्यमा फेरि बढोत्तरी, तोलाको १ लाख ७३ हजार ५ सय, चाँदी पनि बढ्यो


काठमाडौं। चार दिनदेखि घटिरहेको सुनको मूल्य बुधबार फेरि बढेको छ। तोलामा २ सय रुपैयाँ वृद्धि भएर कारोबार मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

यसअघि गत साताको बुधबार सुन तोलाको १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो। उक्त मूल्यमा शुक्रबार एक हजार रुपैयाँ घटेको थियो। आइतबार १ लाख ७४ हजार १ सय भएको सुन सोमबार १ लाख ७३ हजार ५ सयमा झरेको थियो। त्यसमा २ सय घट्दा मंगलबार तोलाको १ लाख ७३ हजार ३ सय भएको थियो।

चाँदीको मूल्य दुई दिनपछि तोलामा १० रुपैयाँ बढेको छ। बुधबार प्रति तोला १ हजार ९ सय ९० रुपैयाँ भएको छ। मंगलबार प्रति तोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३०१५.२ डलर छ भने चाँदी प्रति औंस ३३.६३ डलर छ। मंगलबार सुन ३०१५.४६ डलर र चाँदी प्रतिऔंस ३३.१२ डलर थियो।