सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा’ योजनाका विजेतालाई पुरस्कार राशि हस्तान्तरण

बिजमाण्डू
२०८१ चैत्र १२ गते ११:५५ | Mar 25, 2025
सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा’ योजनाका विजेतालाई पुरस्कार राशि हस्तान्तरण

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजनाको उपहार हस्तान्तरण गरेको छ।

Tata
GBIME

कोरियाबाट निराजन ढकालले जी मनिट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा योजना अन्तर्गत आफूले पठाएको रकमको १८ गुणा रकम अर्थात ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका छन्।

उक्त रकम ढकालकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ।

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना दुई जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसङको स्मार्ट टीभीसाथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० रुपैयाँको सिटी पे वालेट टपअपको अफर पनि थियो।

योजनाअन्तर्गत १ हजार ६२० जनाले दैनिक उपहार (५०० रुपैयाँ को वालेट टपअप) प्राप्त गरेको जनाइएको छ। यस्तै, २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टीभी) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन) जितेका छन्।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले आर्थिक समृद्धीलाई ‘थिम’ बनाएर २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको थियो।