विभिन्न देशका रोयल इन्फिल्ड राइडर नेपाल आउँदै, जिरी मेनियामा सहभागी हुने

बिजमाण्डू
२०८१ चैत्र ८ गते १७:३८ | Mar 21, 2025
विभिन्न देशका रोयल इन्फिल्ड राइडर नेपाल आउँदै, जिरी मेनियामा सहभागी हुने


काठमाडौं। विभिन्न देशका रोयल इन्फिल्ड राइडर नेपालमा भेला हुने भएका छन्। काठमाडौं लिजेन्ड्सले दोलखामा गर्न लागेको जिरी मेनियामा रोयल इन्फिल्ड राइडरहरु भेला हुन लागेका हुन्। कार्यक्रम चैत १५ देखि १७ गतेसम्म जिरीमा हुँदैछ।

Tata
GBIME
NLIC

कार्यक्रममा नेपालका विभिन्न जिल्लाका साथै भारत, अमेरिका, फ्रान्स, दक्षिण अफ्रिका लगायत देशका २०० भन्दा धेरै रोयल इनफिल्ड राइडरले सहभागिता जनाउने तय भएको आयोजकले जनाएको छ। राइडरहरुलाई जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायतले स्वागत गर्ने छन्।

राइडरहरुले जिरीका विभिन्न स्थलको भ्रमण गर्नेछन्। रोयल इनफिल्ड राइडरको भ्रमणले जिरीको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास आयोजकको छ।