
काठमाडौं। ‘वर्ल्ड कार अफ द इयर’को शीर्ष तीन सूचीमा बीएमडब्लु एक्सथ्री, हुन्डाई इन्स्टर/क्यास्पर इलेक्ट्रिक र किया इभी थ्री परेका छन्। यी तीनमध्येबाट ‘वर्ल्ड कार अफ द इयर’को घोषणा गरिने छ।
गत जनवरीमा शीर्ष १० गाडीको सूची सार्वजनिक गरिएकामा त्यसमध्येबाट अहिले तीन गाडी सर्टलिस्टमा परेका हुन्। अटोमोबाइल्स क्षेत्र हेर्ने ३० वटा देशकाका ९६ पत्रकारले गाडी सर्टलिस्ट गरेका हुन्।
‘वर्ल्ड अर्बन कार अप द इयर’को टप थ्रीमा बीवाइडी सिगल/डल्फिन, हुन्डाई इन्स्टर/क्यास्पर इलेक्ट्रिक र मिनि कुपर इलेक्ट्रिक परेका छन्।
यस्तै ‘वर्ल्ड लक्जरी कार अफ द इयर’का लागि पोर्से म्याकन, पोर्से पानामेरा र भोल्भो ईएक्स ९० प्रतिस्पर्धामा छन्।
‘वर्ल्ड पर्फमेन्स कार अफ द इयर’का लागि बीएमडब्लु एम ५, पोर्से ९११ क्यारेरा जीटीएस र पोर्से टाइकन टर्बोजिटी सर्टलिस्ट भएका छन्।
‘वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर’का लागि हुन्डाई इन्स्टर/क्यास्पर इलेक्ट्रिक, किया इभी थ्री र पोर्से म्याकन इलेक्ट्रिक तथा ‘वर्ल्ड कार डिजाइन अफ द इयर’का लागि किया इभी थ्री, टोयोटा क्रुजर/ ल्यान्डक्रुजर २५० र फक्सवागन आईडी बज टप थ्रीमा परेका छन्।
विजेता गाडीको घोषणा अप्रिल १६ मा हुने न्युयोर्क अटो शोमा गर्ने तयारी छ।