सुनको मूल्य नयाँ उचाइमा, ११ सय रुपैयाँ बढ्दै तोलाको एक लाख ७५ हजार २००

बिजमाण्डू
२०८१ चैत्र ५ गते १०:५९ | Mar 18, 2025
सुनको मूल्य नयाँ उचाइमा, ११ सय रुपैयाँ बढ्दै तोलाको एक लाख ७५ हजार २००


काठमाडौं। सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। तोलामा १ हजार १०० रुपैयाँ बढेर सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Tata
GBIME
NLIC

मंगलबार सुन प्रति तोला एक लाख ७५ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साता एकैदिन सुन तोलामा ४ हजार रुपैयाँ बढेर प्रति तोला एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेर उच्च मूल्य कायम भएको थियो। त्यसपछि मूल्य घट्दै सोमबार एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। मंगलबार चाँदी प्रति तोला २ हजार ५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला २ हजार ४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दा स्थानीय बजारमा यसको असर देखिन थालेको छ। सोमबार २९८३.८४ रहेको सुन मंगलबार बढेर प्रति औंस ३०१५.६८ डलर पुगेको छ। मंगलबार चाँदी प्रति औंस ३३.९२ डलर छ। सोमबार चाँदी ३३.७ डलर थियो।