
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको छ। सेबोनले शुक्रबार सूचना जारी गर्दै विवरणसहित सूचीकृत हुन भनेको हो।
सरकारले गत पुस तेस्रो साता सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन अनुसार समन्वय समितिको सिफारिसमा ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा सेबोनलाई नियमनकारी निकाय तोक्ने निर्णय गरेको थियो।
इन्भेष्टमेन्ट कम्पनीको नियमनको जिम्मेवारी दिएपछि सेबोनले सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि कम्पनीहरुलाई सूचीकृत हुन भनेको हो।