नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १७ लाख १८ हजार ४८४ आवेदकको हात रित्तै

बिजमाण्डू
२०८१ फागुन २३ गते १०:५३ | Mar 7, 2025
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १७ लाख १८ हजार ४८४ आवेदकको हात रित्तै

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ।बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले इन्स्योरेन्सको साधारण सेयर शुक्रबार बाँडफाँड गरेको हो।

Tata
GBIME

इन्स्योरेन्सको आइपीओमा आवेदन दिएकामध्ये १ लाख ८४ हजार ५०० ले १०/१० कित्ताका दरले सेयर हात पारेका छन्। कम्पनीको आइपी‌ओमा २ करोड ४५ लाख ४ हजार ३१० कित्ताका लागि १९ लाख २ हजार ९४८ ले आवेदन दिएका थिए।

‍इन्स्योरेन्सले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँ दरले फागुन ११ देखि १५ गतेसम्म १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले १७ लाख १८ हजार ४८४ आवेदकको हात रित्तो भएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटnको वेबसाइट, मेरो सेयर एकाउन्ट तथा सीडीएस एण्ड क्लियरिङको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो।

कम्पनीले चुक्ता पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृति पाएको थियो।