अंकित मूल्य परिवर्तन गर्न अकामा होटलको विशेष साधारण सभा चैत ३ गते

बिजमाण्डू
२०८१ फागुन २२ गते १०:१८ | Mar 6, 2025
अंकित मूल्य परिवर्तन गर्न अकामा होटलको विशेष साधारण सभा चैत ३ गते

काठमाडौं । अकामा होटलले चैत ३ गते विशेष साधारण सभा बोलाएको छ। होटलले अंकित मूल्य परिवर्त गर्न तथा आइपीओ निष्कासनको लागि छलफल गर्न साधारण सभा बोलाइएको हो।

Tata
GBIME

अकामाले गत असारमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन दिएको थियो। होटलले त्यतिखेर ५० रुपैयाँ प्रति कित्ता सेयर मूल्य तय गरेर २२ करोड ५० लाख रुपैयाँ बराबरको ४५ लाख कित्ता आइपीओ निष्कासन अनुमतिको माग गर्दै आवेदन दिएको थियो।

अहिले अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव विशेष साधारण सभामा पेस गर्न लागिएको हो। होटलको आइपीओ निष्कासन अनुमति सेबोनले दिएको छैन। निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।