बलेफी हाइड्रोपावरको लकइन अवधि सकिंदै, १ करोड ६५ लाख कित्ता सेयरको कारोबार खुला हुने

बिजमाण्डू
२०८१ फागुन २२ गते १०:०७ | Mar 6, 2025
बलेफी हाइड्रोपावरको लकइन अवधि सकिंदै, १ करोड ६५ लाख कित्ता सेयरको कारोबार खुला हुने


काठमाडौं । बलेफी हाइड्रोपावरको लकइन अवधि चैत २९ गते समाप्त हुने भएको छ। हाइड्रोपावरले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीका लागि बाँडफाँट गरेको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता सेयरको लकइन खुल्ने भएको हो।

Tata
GBIME
NLIC

अहिले कम्पनीको संस्थापक सेयर १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, स्थानीयका लागि वितरण गरेको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीसँग ७३ हजार ११९ कित्ता सेयर छ। लकइन अवधि सकिएपछि सेयरधनीले सो सेयर कारोबार गर्न पाउँछन्।

कम्पनीको सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँट गरेको मितिदेखि ३ वर्षसम्म लकइन अवधि लागू हुने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ।

बलेफी हाइड्रोपावरले सेयर निष्कासन गरेर २०७८ चैत २९ गते सर्वसाधारणका लागि बाँडफाँट गरेको थियो।