गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा लगातार १७औं सर्किट, कस्तो हो कम्पनी ?

बिजमाण्डू
२०८१ फागुन २१ गते १२:५४ | Mar 5, 2025
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा लगातार १७औं सर्किट, कस्तो हो कम्पनी ?

काठमाडौं। प्रति सेयर आम्दानी ४.४२ रुपैयाँ भएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा दोस्रो बजारमा कारोबार खुलेदेखि लगातार पोजेटिभ सर्किट लागेको छ।

Tata
GBIME

इन्स्योरेन्सको सेयर मूल्यमा लगातार १७ दिन सर्किट लागेर बुधबार प्रति कित्ता भाउ १५२० रुपैयाँ पुगेको छ।

नेप्सेले गार्डियनको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज १०० देखि ३०१ रुपैयाँसम्म तोकेको थियो। ३०१ रुपैयाँमा कारोबार खुलेको इन्स्योरेन्सको भाउ लगातार सर्किट लागेर १५२० रुपैयाँ पुगेको हो।

माइक्रो इन्स्योरेन्सले अपेक्षा अनुसार व्यापार बढाउन सकेका छैनन्। ठूला कम्पनीको बजार बर्चस्वमा प्रतिस्पर्धा गर्न नसक्दा माइक्रो इन्स्योरेन्सलाई टिक्नै सकस छ। गार्डियनले यस वर्ष ६ महिनामा १ करोड १५ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण छ।

७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेका कम्पनीले गत महिना २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो।

आइपीओ निष्कासनपछि वार्षिक साधारण सभा गरेको गार्डियनले मर्जरको प्रस्ताव समेत पारित गरेको छ।

मितिकारोबार कित्ताकारोबार रकम अन्तिम सेयर मूल्य
माघ २७४९०१६१०४३३३१.१
माघ २८५१०१८३८३१३६४.२
माघ २९३७०१४६७७५४००.६
माघ ३०५७०२४९५५६४४०.६
फागुन १५३०२५५९७२४८४.६
फागुन ४१७००९०४७४६५३३
फागुन ५१३१०७६५९३६५८६.३
फागुन ६२२४०१४४३४२६६४४.९
फागुन ८६०१०४२६१०७५७०९.३
फागुन ११८९३०६९६२९५०७८०.२
फागुन १२८०१०६८६९५३२८५८.२
फागुन १३९७७०९२१७०७३९४४
फागुन १५३२०५०३३२७८८६४१०३८
फागुन १८२९६४०३३८०२९५०११४२
फागुन १९१२६२०१५८४०५५५१२५६
फागुन २०८४४०११६४७५४६१३८२
फागुन २११५२०
स्रोत : नेप्से