
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ८औं वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले ८औं वार्षिक साधारण सभा चैत ८ गते गर्ने निर्णय गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज मिति तोकेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत नगद र १.२४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुग्नेछ।