टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

बिजमाण्डू
२०८१ फागुन १६ गते १५:०४ | Feb 28, 2025
टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

काठमाडौं। टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले आइपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौता पत्रमा टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध संचालक सुर्दशन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

टाइम फर्मास्युटिकल्स ३० वर्ष पुरानो कम्पनी हो। कम्पनीले २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको र ३०० जनाभन्दा बढीलाई रोजगारी दिएको नबिल इन्भेष्टमेन्ट बैंकिङले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।