एप्पलले ‘पावरफूल’ भन्दै घोषणा गरेको सस्तो मूल्यको आइफोन १६ई कस्तो छ ?

बिजमाण्डू
२०८१ फागुन ८ गते १७:०७ | Feb 20, 2025
एप्पलले ‘पावरफूल’ भन्दै घोषणा गरेको सस्तो मूल्यको आइफोन १६ई कस्तो छ ?


एप्पलले सस्तो मूल्यको आइफोन सार्वजनिक गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको यो फोन एपप्लको फ्ल्यागसिप फोनभन्दा सस्तो हुने भएकोले यसको चर्चा बढ्दो छ।

Tata
GBIME
NLIC

आइफोन १६ई नाम दिइएको एप्पलको यो सिरिजको फोनमा आइफोन १६ को जस्तै प्रोसेसर रहेको छ। स्टोरेज अपसन पनि समान नै छ। क्यामराको संख्या भने फ्ल्यागसिप मोडल भन्दा कम छ।

एप्पल पछिल्लो समय ग्राहकहरुलाई थप आकर्षित गर्न सस्तो फोन बनाउने होडमा छ।

एप्पलले आइफोन एसई सिरिज सन् २०१६ देखि २०२२ मा रिलिज गरेको थियो। तिनको मूल्य पनि कम थियो।

आइफोन १६ई को प्रिअर्डर फेब्रुअरी २१ देखि ५९ वटा देशमा गर्न सकिने जनाइएको छ। यसमा ४८ एमपीको टु इन वान क्यामरा हुनेछ।

फ्ल्यागसिप मोडल जस्तै १६ई मा पनि गेमिङसँगै अन्य एपहरु सरलताका साथ चलाउन सकिने दाबी गरिएको छ। यसका लागि महंगो फोनमा जस्तै महंगो ए१८ चिप प्रयोग गरिएको छ १६ईमा।

१६ई सिरिजको फोन कालो र सेतो रंगमा उपलब्ध हुनेछन्। १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज सहितको फोन बजारमा आउनेछ। अमेरिकामा १६ई को सुरुवाती मूल्य ५९९ अमेरिकी डलरबाट सुरु हुनेछ।