इजी मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्यायो, मोबाइल मर्मतमा डेढ दशकको अनुभव

बिजमाण्डू
२०८१ फागुन ८ गते १३:०२ | Feb 20, 2025
इजी मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्यायो, मोबाइल मर्मतमा डेढ दशकको अनुभव


काठमाडौं। इजी मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ। काठमाडौंको न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लामा एप्पलको सर्भिस सेन्टर संचालनमा आएको हो।

Tata
GBIME
NLIC

डेढ दशकदेखि मोबाइलसम्बन्धी सर्भिस सेन्टर संचालन गर्दै आएका इजी मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएका हुन्।

यसअघि कम्पनीसँग वान प्लस, एमआई, रियल्मी, लेनोभो, मोटोरोला, माइक्रोम्याक्स, कार्बन, इन्टेक्स, हुवावे, जेडटीई, नथिङ लगायतका ब्रान्डहरुको आधिकारिक सर्भिस सेन्टर संचालन गरिसकेको अनुभव छ।

संचालनमा आएको एप्पल सर्भिस सेन्टरमा एप्पलको आइफोन, आइप्याड, म्याकबुक, एयरबड, एप्पल वाचलगायतका ग्याजेटको मर्मतसम्भार गर्ने पौडेलले जानकारी दिए।

‘हामीसँग डेढ दशक लामो मोबाइल सर्भिस सम्बन्धी अनुभव छ, त्यही अनुभव उपयोग गरेर एप्पल सर्भिस सेन्टर सुरुवात गरेका हौं,’ पौडेलले भने।

सर्भिस सेन्टरले ग्राहकहरुलाई सहज र सजिलैसँग एप्पलका उत्पादनहरु मर्मतको सुनिश्चिता गरेको छ। आगामी दिनमा एप्पल सर्भिस सेन्टरले ग्राहकहरुका लागि विभिन्न सेवाहरु समेत ल्याउने जनाएको छ।