नेप्से परिसूचक १९.५६ अंकले बढ्यो, ९ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच

बिजमाण्डू
२०८१ फागुन ४ गते १५:१८ | Feb 16, 2025
नेप्से परिसूचक १९.५६ अंकले बढ्यो, ९ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच


काठमाडौं। सेयर बजार परिसूचक आइतबार १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको छ। कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Tata
GBIME
NLIC

१७३ कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको मू्ल्यमा सकारात्मक सर्किट लागेको छ। विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रोलाइफ र पोखरा फाइनान्सको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

६३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ङादी हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ।

बजारमा ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३३ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।