टियागो इभी थप फिचर्ससहित नेपाली बजारमा, सुरुवाती मूल्य पुरानै, सिप्रदीले थाल्यो डेलिभरी

बिजमाण्डू
२०८१ फागुन २ गते १४:२० | Feb 14, 2025
टियागो इभी थप फिचर्ससहित नेपाली बजारमा, सुरुवाती मूल्य पुरानै, सिप्रदीले थाल्यो डेलिभरी


काठमाडौं। टाटाको टियागो इभी अत्याधुनिक डिजाइन र थप फिचर्ससहित नेपाली बजारमा आएको छ। टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ टियागो इभीको डेलिभरी सुरु गरेको छ।

Tata
GBIME
NLIC

टियागो इभीमा फिचर्सका साथै प्रविधि थपिएको र कलर आकर्षक रहेको कम्पनीले जनाएको छ। गाडीको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ।

‘उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधासहितको नयाँ टियागो इभी पुरानै सुरुवाती मूल्यमा नेपाल आएको छ,’ कम्पनीले भनेको छ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नयाँ टियागो इभी कलर, डिजाइन, प्रविधि र सुरक्षाको
दृष्टिकोणले अब्बल रहेको भन्दै ग्राहकले रुचाउने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार नयाँ टियागो इभीमा २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा छ।

सुरक्षाका लागि दुईवटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषता छन्। गाडीमा आईपी ६७ प्रमाणित ब्याट्री प्याक छ जसले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट काम गर्ने कम्पनीले जनाएको छ।

साथै कूल्ड ग्लोभ बक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताले आरामदायी यात्राको अनुभव प्रदान गर्छ। स्लिक एलइडी हेडल्याम्प, डीएलआर र आर१४ हाइपरस्टाइल व्हिलका कारण गाडी स्पोर्टी देखिन्छ ।