महिन्द्राको बीई-६ र एक्सइभी ९-ईको भारतमा आजदेखि बुकिङ खुला, नेपालमा कहिले आउँछ?

बिजमाण्डू
२०८१ फागुन २ गते ११:३० | Feb 14, 2025
महिन्द्राको बीई-६ र एक्सइभी ९-ईको भारतमा आजदेखि बुकिङ खुला, नेपालमा कहिले आउँछ?


काठमाडौं। महिन्द्राको विद्युतीय सेगमेन्टमा गेमचेन्जर मानिएको बीई-६ र एक्सइभी ९-ईको बुकिङ आजदेखि खुला भएको छ। महिन्द्रा एण्ड महिन्द्राले उक्क गाडीहरूको आजदेखि बुकिङ खुला गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले अहिले चकान प्लान्टबाट २२ सय ८१ युनिट गाडी उत्पादन गरेको छ। जसमा १८ सय ३७ युनिट डिलर नेटवर्कमा पठाइसकेको छ।

यसको टप भेरियन्ट गाडी आगामी मार्च महिनामा डेलिभरी हुनेछ। तर इन्ट्री लेभलका लागि भने जुन र अगस्टसम्मै कुर्नुपर्ने हुनसक्छ।

भारतमा बीई-६ को मूल्य १८ लाख ९० हजार भारुदेखि २६ लाख ९० हजार रुपैयाँसम्म छ। यस्तै एक्सइभी ९-ईको मूल्य २१ लाख ९० हजार भारुदेखि ३० लाख ५० हजार भारुसम्म तोकिएको छ।

यी गाडीहरूले भारत एनक्याप सेफ्टी रेटिङमा ५ स्टार रेटिङ पाएका छन्। जसले गाडीहरू सुरक्षित छन् भन्ने प्रमाणित गर्छ।

बीई-६ मा ५९ र ७९ किलोवाट आवर (युनिट) को ब्याट्री प्याक छ। यस्तै, एक्सइभी ९-ई मा पनि त्यही ब्याट्री प्याक उपलब्ध छ।

५९ किलोवाट आवर क्षमताको ब्याट्रीले २३१ हर्सपावर र ३८० एजएम टर्क उत्पादन गर्छ भने फुल चार्ज रेन्ज ५५६ किलोमिटर प्रदान गर्छ। ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले २८६ हर्सपावर र ३८० एनएम टर्क उत्पादन गर्छ। उक्त ब्याट्रीले फुल चार्जमा ६८२ किलोमिटर रेन्ज प्रदान गर्छ।

महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले भने यो गाडी मार्चपछि मात्रै नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ।