
काठमाडौं। रोयल इन्फिल्डको नयाँ बाइक सटगन ६५० आइकन एडिसन भारतमा सार्वजनिक गरिएको छ। कम्पनीले बाइकको मूल्य ४ लाख २५ हजार भारु तोकेको छ।
यो बाइक १०० युनिट मात्रै उत्पादन गरेको र त्यसमध्ये २५ युनिट भारतका लागि रिजर्भ गरिएको कम्पनीले जनाएको छ। बाइक ३ वटा युनिक थ्रि टोन कलरमा उपलब्ध छ।
बाइकमा ६४८ सीसी क्षमताको इन्जिन छ। यसले ४७ हर्सपावर र ५२.३ एनएम टर्क उत्पादन गर्छ।
यसको स्ट्यान्डर्ड भेरियन्टको मूल्य ३ लाख ५९ हजार भारु तोकिएको छ।