अर्थतन्त्रको तस्बिर रियल सेक्टरका कम्पनीको ब्यालेन्स सिटमा, व्यापार नहुँदा आधा घाटामा

बिजमाण्डू
२०८१ फागुन १ गते ११:२५ | Feb 13, 2025
अर्थतन्त्रको तस्बिर रियल सेक्टरका कम्पनीको ब्यालेन्स सिटमा, व्यापार नहुँदा आधा घाटामा

काठमाडौं। देशको अर्थतन्त्रको वास्तविक तस्वीर रियल सेक्टरका कम्पनीको ब्यालेन्स सिटमा देखिएको छ। उत्पादन तथा प्रशोधन क्षेत्रका ५ कम्पनीको अवस्था बिग्रिएको छ।

Tata
GBIME

नेप्सेमा सूचीकृत ९ मध्ये ५ कम्पनीको ब्यालेन्स सिट बिग्रिएको हो। चालु आर्थिक वर्ष ६ महिनामा चार कम्पनी घाटामा गएका छन् भने एउटाको नाफामा गिरावट आएको छ। व्यापारमा कमीका कारण उनीहरुको अवस्था नाजुक बनेको हो।

४ कम्पनीले भने नाफा बढाएका छन्। यो वर्ष पुससम्म युनिलिभर नेपाल, हिमालयन डिष्टिलरी, नेपाल ल्युब आयल र सर्वोत्तम सिमेन्ट बाहेकका कम्पनीको व्यापारसँगै मुनाफा खुम्चिएको छ।

वास्तविक क्षेत्रका कम्पनीको दुई आर्थिक वर्ष ६ महिनाको नाफा रु हजारमा

कम्पनी२०८१/८२ (खुद नाफा)२०८०/८१(खुद नाफा)फरक %प्रति सेयर आम्दानी (रुपैयाँ)प्रति सेयर नेटवर्थ(रुपैयाँ)
बोटलर्स नेपाल बालाजु-२४५०४२-१५१५७८-२४०३२७९
बोटलर्स नेपाल तराई-११८९४१-७४१५५-१९७३३७९
युनिलिभर नेपाल४७७८००४२१०००१३.४९२०७९४६४१
हिमालयन डिष्टिलरी४०४९१९१६३६५५१४७.४२२६.३५११८
शिवम् सिमेन्ट५६८१०१४८५९७-६१.७७२.०८१७५.३१
घोराही सिमेन्ट इन्डष्ट्रिज-६६७१०३-४१८४३८-१४.६०१८८.३३
सोनापुर मिनरल्स-१२२०८५-१४७८५३७.९४१८४.३६
नेपाल ल्युब आयल२१९६२७८६५१७९.२४६०.२९
सर्वोत्तम सिमेन्ट२४१४०५३०५८८६८९.२१९.७१८६.६६
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

बोटलर्स नेपालका दुईवटै कम्पनी घाटामा छन्। उनीहरुको व्यापार घटेको छ। सूचीकृत ४ वटा सिमेन्ट कम्पनीमध्ये दुईवटा नोक्सानीमा छन्। शिवम् सिमेन्टको नाफामा गिरावट आएको छ।

घोराही सिमेन्ट ६६ करोड ७१ लाख रुपैयाँ नोक्सानीमा छ। यस्तै सोनापुर मिनरल्स १२ करोड २० लाख रुपैयाँ नोक्सानीमा छ। निर्माण क्षेत्रमा निक्कै सुस्त रहेर सिमेन्टको माग बढ्न नसक्दा व्यापार घटेर ती कम्पनीको कम्पनीहरुको वित्तीय अवस्थामा असर परेको हो।

सर्वोत्तम सिमेन्टले भने खुद नाफा ६८९ प्रतिशतले बढाएको छ। कम्पनीको व्यापार ३६ प्रतिशतले बढेको छ।

वास्तविक क्षेत्रका कम्पनीको दुई आर्थिक वर्ष ६ महिनाको आम्दानी रु हजारमा

कम्पनी२०८१/८२(आम्दानी)२०८०/८१(आम्दानी)फरक %
बोटलर्स नेपाल बालाजु४३६४३५२४५८३१२५-५
बोटलर्स नेपाल तराई२९६८६९५३६८८३५०-२०
युनिलिभर नेपाल१९४५६००१८४५७००
हिमालयन डिष्टिलरी३०३२२३२१८९८८१६६०
शिवम् सिमेन्ट३१०१६९६३५१९९८१-१२
घोराही सिमेन्ट इन्डष्ट्रिज१७३१९५३१७१२४९४
सोनापुर मिनरल्स९१५८०५७०५६९८३०
नेपाल ल्युब आयल५४९६७१५१७६४५६.१९
सर्वोत्तम सिमेन्ट३९८२२५५२९२९४४८३६
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण